Connect IPS
IME Life

असार १ गते देखि सबै सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरु दुई सिफ्टमा सञ्चालन हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि लागू हुने गरी सबै सरकारी कार्यालय खुल्ला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रबक्ता सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले गैर सरकारी, सार्वजनिक कार्यालय र निजि कार्यालयहरु दैनिक दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको हो । यससँगै अब आगामी सोमबारदेखि सबै सरकारी, गैर सरकारी, बैंक वित्तीय संस्थाका तथा निजि कार्यालयहरु खुल्ला हुने भएका छन् ।
सरकारका प्रबक्ता मन्त्री डा. खतिवडाका अनुसार कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । कोरोना महामारीबाट बच्न, भिडभाड हुन नदिन, रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न सबै कार्यालयहरुलाई दुई सिफ्ट चलाउने निर्णय गरिएको मन्त्री डा. खतिवडाले बताए ।

Prabhu
Crest

त्यसैगरी असार १ गतेदेखि निजि सवारी साधन समेत जोर बिजोर प्रणालीमा आधारित भएर सञ्चालन हुनेछन् । यद्यपि सार्वजनिक सवारी साधन अर्थात बस, माइक्रोबस, ट्याक्सी भने तत्काल सुचारु हुनेछैन । सरकारले शैक्षिक संस्थाका प्रशासन असार १ गते खोल्न अनुमति दिएको छ । यससँगै अब विद्यालय तथा कलेज प्रशासनहरु पनि खुल्ला हुनेछन् । नयाँ भर्नाको लहर चल्ने अनुमान गरिएको छ ।

त्यस्तै होटल तथा रेष्टुरेन्टबाट खाना प्याकिङ गरेर घर लैजान भने पाइनेछ । तर, होटल तथा रेष्टुरेन्ट भने खोल्न पाइने छैन । त्यस्तै अन्तर्राष्ट्रिय उडान सम्बन्धमा कुनै निर्णय भएको छैन ।

सरकारले उल्लेखित व्यवस्था असार २१ गतेसम्म मात्रै लागू हुने जनाएको छ । त्यसपछि पुनः थप गर्ने वा निरन्तर समीक्षामार्फत त्यसअघि नै पनि कुनै पनि बेला पुनः बन्द गर्न सक्ने मन्त्री डा. खतिवडाले बताए ।

त्यसैगरी, सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । तर सपिङ मल भने खोल्न पाइने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS