काठमाडौं । चन्द्रागिरी हिल्सले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले आइीपीओ निष्काशनको लागि जेठ २५ गते धितोपत्र बोर्डमो आवेदन दिएको थियो । कम्पनीले बिक्रि प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटललाई दिएको छ। कम्पनीले स्थानिय र सर्वसाधरणका लागि शेयर निष्काशन गर्न लागेको हो ।केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।