काठमाडौं । विश्व बैंकले नेपालको सडक क्षेत्र मर्मत तथा सम्भारका लागि ४५ करोड अमेरिकी डलर ( ५४ अर्ब रुपैयाँ ) ऋण स्वीकृत गरेको छ।विश्व बैंकले विशेष गरी यो सहयोग नागढुंगा–नौबिसे–मुग्लिन सडक स्तरोन्नति र कमला–डल्केबर–पथलैया सडक सुधारको लागि दिएको हो ।
बैंकले उक्त ऋण सडक पूर्वाधारको विकासमा लाग्ने विश्वास गरेको छ लकडाउनपश्चात् अन्तरदेशीय व्यापार वृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासमा लागि खर्च हुने गरी ऋण स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।