काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थले छथर जोरपाटी गाउँपालिकाको कोरोना नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ ।
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–६ सिंधुवा वजार स्थित लघुवित्तको शाखा कार्यालयद्वारा कोरोना संक्रमण तथा नियन्त्रण कोष व्यवस्थापन समितिलाई दश हजारको चेक हस्तान्तरण गरेको हो । शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही भएपनि कोरानाबिरुद्धको लडाइमा एक्यबद्धता जनाउन पाएकोमा खुशी व्यक्त गरेको छ।