काठमाडौं । अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा चार करोड ५३ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले गत वर्ष सोहि अवधिमा १ लाख ५० हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सफल गरेको थियो । गत बर्षको तुलनामा कम्पनीके नाफामा उल्लेखनीय सुधार देखिएको छ।
यस अवधिमा कम्पनीले बिजुली बेचेर २२ करोड १ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । चैत मसान्तसम्म आइपुग्दा अरुणको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ भन रिजर्भ कोषमा भने २ करोड ९८ लाख ५१ हजार रुपैयाँ छ ।
कम्पनीको प्रतिसशेयर आम्दानी ४ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ९९ पैसा रहेको छ ।