काठमाडौं । बेष्ट फाइनान्सले वार्षिक साधारणसभा असार १८ गते डोकेको छ । फाइनान्सको जेठ २७ गतेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे हुने भएको छ।सभामा गत आर्थिक बर्षको वार्षिक प्रतिवेदनमाथि छलफल, चालु आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालकको अनुमोदन लगायतका विषयमा छलफल हुने भएको छ।