काठमाडौं । सिटीजन्स बैंकको यसअघि स्थगित भएको साधारण सभा आज हुने भएको छ। उक्त कम्पनीको प्रधान कार्यालय दरबार मार्ग, काठमाडौंमा विशेष साधारण सभा हुने भएको छ ।
बैंकको संचालक समितिको निर्णय अनुसार आज साधारण सभा गर्ने निर्णय भएको हो । उक्त साधारण सभाको प्रस्तावमा सहयोगि विकास बैंकलाई प्राप्ति गर्ने लगायत अन्य प्रस्तावहरु रहेको छन् ।
सभाले सहयोगि विकास बैंकको १ सय कित्ता बरावर सिटीजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर अदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले लकडाउन बीचमा विशेष सावधानी अपनाएर साधारण सभा गर्न निर्णय गरेको जनाएको छ ।