Connect IPS
IME Life

थप ३१४ जनामा कोरोना भाइरस पुष्टि, एकको मृत्यु, कूल संख्या ३७६२ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्याङ्जाका एक ५८ बर्षिय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप भएको संख्यासँगै कूल संक्रमित ३७६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा २९४ जना पुरुष र २० जना महिला छन् । सोमबार कूल ४७६६ वटा नमुनाको पिसिआर परिक्षण गरिएकोमा सो मात्रामा कोरोना भाइरस पुष्टि भएको हो । यद्यपि यो तथ्याङ करिब एक साताअघि संकलन गरिएको नमुनाको परिक्षण गरिएको नतिजा हो । देशका विभिन्न भागमा रहेका क्वारेन्टाईन तथा अस्पतालमा संकलन गरिएको नमुनाको परिक्षणको क्रममा कोरोना भाइरस पुष्टि भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS