Connect IPS
IME Life

भारतमा कोरोनाको संक्रमण दैनिक १० हजार माथि, नेपालमा के पर्ला असर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रभाव बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत देखिन थालेको छ । भारतमा दैनिक १० नयाँ संक्रमित भेटिन थालेका छन् । वल्र्डमिटरर्सका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ४३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने २९७ जनाको मृत्युवरण गरेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा समेत प्रत्यक्ष असर पर्दै आएको छ । विश्वभर कोरोना भाइरसको संक्रमणले आक्रान्त बनिरहँदा नेपालमा नयाँ संक्रमितहरु भेटिएका थिएनन् । तर, जब अप्रिलको पहिलो साता भारतमा कोरोनाको संक्रमण बृद्धि हुन थाल्यो, नेपालमा पनि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको हो । नेपालमा भेटिएका कोरोना भाइरस संक्रमित मध्ये ९० प्रतिशतभन्दा भारतमा विभिन्न सिलसिलामा पुगि नेपाल फर्केकाहरु छन् । साथै उदयपुर र नेपालगन्ज तथा दैलेखमा भारतबाट फर्केकाहरुबाट स्थानीयमा संक्रमण सरेको छ ।

Prabhu
Crest

जब मेको पहिलो साताबाट भारतमा आक्रामक रुपमा कोरोना भाइरस फैलिन थाल्यो, त्यसपछि नेपालमा पनि त्यसको असर देखिएको छ । नेपालमा पनि मेको दोस्रो साताबाट एक सय नाघेकोमा अहिले तीन हजार नाघिसकेको छ । मे ११ सम्ममा १३४ जना कोरोना संक्रमित रहेको नेपालमा पछिल्लो २६ दिनमा तीन हजार तीन सय भन्दामाथि माथि पुगिसकेको छ । भारतमा तीव्रतर रुपमा फैलदै गर्दा नेपालमा आउने मानिसहरुको संख्यामा बृद्धि भएसँगै कोरोना भाइरसले समेत आफ्नो संक्रमण तीव्र पारेको छ ।

सुरुमा एक।दुई गर्दै बढ्ने कोरोना भाइरस, विस्तारै, सय, अनि हजार अनि दश हजार हुँदै बृद्धि हुने यसको प्रवृत्तिलाई हेर्दा भारतमा अझै विकराल रुप आउने देखिएको छ । पालना गर्न कठिन हुने आगामी असार १६ गतेसम्म लकडाउन घोषणा गरेकोमा एक अर्ब ३७ करोड जनसंख्या भएको भारतमा दैनिक जनजीवन सहज बनाउन लकडाउन निकै खुकुलो पारिएको छ । लकडाउन खुकुलो हुँदै गर्दा भारतको प्रकोप दिन दुई गुणा, रात चौगुणाको दरले फैलिने क्रममा छ । खुल्ला सीमाका कारण भारतमा कोरोना महामारीले भिषण रुप लिँदै गर्दा त्यहाको भयावह अवस्थाको बाछिटा नेपालमा पनि नपर्ला भन्न सकिदैन ।

कोरोना भाइरसको कारण सबैभन्दा क्षति पुगेको अमेरिकामा एक लाख ७ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् । अमेरिकासँग खुला सीमाना रहेको मेक्सिकोमा पनि त्यसको बाछिटा परे झै गम्भिर प्रभाव पर्ने निश्चित छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS