काठमाडौं । निमनकारी निकाय बीमा समितिले आगामी ४० दिनभित्रमा सबै बीमा कम्पनीहरुलाई साईबर सुरक्षा, डाटा सेन्टर स्थापना तथा तथा रियलटाईम सफ्टवयेर सम्बन्धी कार्ययोजना पेश गर्न निर्देशन जारी गरेको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई लिखित निर्देशन दिँदै २०७७ असार मसान्तभित्रमा तीना वटा विषयमा कार्ययोजना पेश गर्न भनेका छन् । बीमा समितिले यसअघि २०७६ फागुन १४ मा जारी गरिएको सूचना प्रविधि सम्बन्धी निर्देशिका २०७६ बमोजिमको डाटा सेन्टर स्थापना, रियल टाईम सफ्टवयेर जडान र साईबर सुरक्षा सम्बन्धी तीन वटा कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।