काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले महेन्द्रनगर शाखाले बीमा दावी वापत चार लाख १५ हजार २ सय रुपँैया भुक्तानी गरेको छ । कम्पनीले प्रदेश न ७, कंचनपुर, बेदकोट न. पा. वडा न. ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीलाई सो रकम लकडाउनका कारण कुनैपनी दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले इ–बैंकिङ सेवा प्रयोग गरी निजको बैंक खातामा जम्मा गरेको जनाएको छ।
बीमितले २२ महिना अगाडी मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा दुई लाखको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी रु ३२,४९० रकम कम्पनी लाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण जेष्ठ ५ गते निधन भएको थियो
कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए ।