Connect IPS
IME Life

सारथी लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरमा जाने प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आब्हान गरेको छ । संस्थाले नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका असार ५ गते विशेष साधारण सभा बोलाएको हो ।

उक्त कम्पनीको जेठ १७ गतेको सञ्चालक समितिको बैठकले मर्जर सम्बन्धि विभिन्न प्रस्ताव पारित गर्न विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा विहान ८ बजेदेखि दियालो फुडल्याण्ड, बसुन्धरा, काठमाडौंमा शुरु हुने संस्थाले जनाइएको छ ।

Prabhu
Crest

यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता अनुसार मर्जरमा जान लागेका हुन् । मर्जर प्रयोजनका लागि नयाँ नेपाल लघुुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ ।

संस्थाले मर्जरपश्चात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै हकप्रदपछि थप साधारण शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

विशेष सभाका लागि मर्जर पश्चात् हुने संस्थाको नाम, ठेगाना, अधिकृतपूँजी, जारीपूँजी, चुक्तापूँजी, शेयर संरचना लगायत थप परिवर्तन हुने विषयमा, प्रबन्धपत्र र नियमावलीको तिन महलेमा उल्लेख भए अनुसार आवश्यक नियम संशोधन गर्ने लगायतका विषय रहेका छन् ।

साथै, सभाले आवश्यक सम्पूर्ण कार्यका लागि पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । साधारण सभामा उपस्थित हुन चाहनेहरुले आफ्नो परिचय खुल्ने प्रमाण साथमा लिएर आउनु पर्नेछ ।

हाल सारथी लघुवित्तको चुक्ता पूँजी १३ करोड १६ लाख ६० हजार रुपैयाँ रहेको छ । नयाँ नेपाल लघुवित्तको चुक्ता पूँजी१० करोड ८ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS