काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा डाकेको छ । लघुवित्तले नयाँ नेपाल लघुवित्त वित्तीयसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न असार ५ गते साधारणसभा गर्न लागेको हो ।
लघुवित्तको जेठ १७ गतेको बसेको संचालक समितिको बैठकले मर्जर सम्बन्धि विभिन्न प्रस्ताव पारित गर्न विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा वसुन्धरा स्थित फुडल्यान्ड दियालो फुडल्याण्डमा बिहान आठ बजे हुने भएको छ।
उक्त सभामा मर्जर पश्चात् संस्थाको नाम, चुक्ता पुँजी, जारी पुँजी, अधिकृत पुँजी, शेयर संरचना र थप परिर्वतन हुने बिषयहरु र प्रबन्धपत्र र नियमावलीको तिन महलेमा उल्लेख भए अनुसार आवश्यक नियम संशोधन गर्ने विषयलाई समेत अघि बढाउने भएको छ ।
हाल सारथी लघुवित्तको चुक्ता पुँजी १३ करोड १६ लाख रुपैयाँ रहेको छ भने नयाँ नेपाल लघुवित्तको १० करोड ८ लाख रुपैयाँ रहेको छ। लघुवित्तले लगानीकर्तालाई साधारण सभामा आफ्नो परिचय खुल्ने प्रमाण साथमा लिएर उपस्थित हुन आग्रह गरेको छ ।