काठमाडौं । अधिकाश बैंकहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसक्दा कर्णाली डेभलपमेन्ट बैंकले भने दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कर्णाली डेभलपमेण्ट बैंक ५९ लाख २८ हजार रुपैयाँ घाटामा रहेको छ । संस्थाले गत बर्षको सोहि अवधिमा ४९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।
बैंकले चालु आर्थिक बर्षको दोस्रोे त्रैमाससम्ममा २ करोड ५२ लाख रुपैयाँबाट खुद ब्याज आम्दानी आर्जन गरेको छ। गत बर्षको सोहि अवधिमा बैंकले ८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत बर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको छ।
बैंकले पुसमसान्तसम्ममा ३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको ।बैंकको हालको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ र जगेडा कोषमा २ करोड २३ लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दनी १ सय ४ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ११४ दशमलव ४१ गुणा रहेको छ।