काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी १३ औं वर्षमा प्रवेश गरेकोछ । २०६५ साल जेठ १७ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनी १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको हो ।
कम्पनीका सूचना अधिकारी बोधलाल गिरीका अनुसार बार्षिकोत्सवको अवसरमा इलाममा सुरक्षाकर्मीहरुलाई पिपिई र माक्स वितरण गरिएको छ । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनका कारण यस वर्ष कुनै पनि कार्यक्रम गर्न नपाएको गुराँस लाईफ इन्स्योरेन्सले जनाएको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी तथा नियमनकारी निकायलाई शुभकामना व्यक्त गरेको छ ।