काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा संचालन गरेको छ । बैंकको बैंकिङ सेवा चौंथो दिन पछि पुनःसुचारु भएको बैंकले जानकारी दिएको छ ।
बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्यका लागि बैंकले गत बिहीबार ५ बजेदेखि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको थियो। आज आइतबार ९ बजेपछि बैंकको बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सेवा सम्पन्न भई सुचारु भएको बैंकले जनाएको छ।
बैंकले यसअघि पुमरी सफ्टवेयरको ‘कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आइरहेको थियो। यसलाइ प्रतिस्थापन गर्दै बैंकले फिन्याकल सफ्टवेयर प्रयोगमा ल्याएको हो।
त्यस्तै, बैंकले बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सम्पन्न गर्दा ग्राहकहरुको यसअघि (साविक) को खाता नम्बर परिवर्तन भएको हुँदा आफ्नो अनुकुल जुनसुकै शाखामा गएर नयाँ खाता नम्बर लिन बैंकले अनुरोध समेत गरेको छ।