काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट गत २४ घण्टामा १७० जनामा संक्रमण देखिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
आज गरिएको घोषणा अनुसार ललितपुरका एक जनामा कोरोना देखिएको छ । उनी तराई घर भई हाल पाटन अस्पतालमा कार्यरत रहेको खुलेको छ । राजधानीमा पनि कोरोना भाइरस लगातार देखिने क्रममा छ । बुधबार ललितपुरकै एक जना ५६ बर्षिय व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको थियो ।