काठमाडौं । आज शुक्रबार एभरेष्ट बैंकले परिमार्जित ब्याजदर प्रकाशन गरेको छ । बैंकले प्रकाश गरेको नयाँ ब्याजदरमा अधिकांश बचत खाताको ब्याजदर ४ प्रतिशतमा झारेको छ। बैंकले खातको प्रकार हेरि निक्षेपकर्तालाई अधिकतम ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर भएको छ । बैंकको कूल २७ प्रकारको बचत खातामध्ये १७ वटामा ४ प्रतिशत र बाँकीमा एकमा ४ दशमलव २५, अर्कोमा ४ दशमलव ७५, चार वटामा ५, र अर्को चारवटामा ५ दशमलव ५० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ।
चैत अन्तिममा बैंकको आधारदर ८ दशमलव ३४ प्रतिशत र बैंशाख अन्तिममा बैंकको स्प्रेडदर ३ दशमलव ८० प्रतिशत रहेको छ।
यस्तै, बैंकको मुद्दती बचततर्फ न्यूनतम ७ देखि अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याजदर दिने भएको छ भने संस्थागत बचतकर्तालाई ७ प्रतिशत मात्र ब्याजदर दिने बैंकले जनाइएको छ ।
कर्जातर्फ हेर्ने हो भने बैंकले आधार ब्याजदरमा १ दशमलव २५ देखि ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गर्ने जनाइएको छ ।