काठमाडौं । सरकारले बीमा दावी भुक्तानीलाई ढिलाई हुन नदिने भएको छ । आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘आम नागरिकमा पहुँच पुग्नेगरी बीमाको दायरा विस्तार गरिने छ र बीमा दावी व्यवस्थालाई सहज र सरल रुपमा भुक्तानी सुनिश्चित गरिनेछ ।’
बीमाको दावी भुक्तानी निश्चित समयसीमा नै तोकेर यसअघि नै बीमा समितिले कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । साथै हालको लकडाउन अवधीमा डिजिटल इमेल तथा टेलिफोनबाट दावी भुक्तानी हुने गरी व्यवस्था गर्न बीमा समितिले निर्देशन दिए बमोजिम बीमा कम्पनीहरुले कार्या गरिरहेका छन् ।