काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जा प्रवाहमा पुनर्संरचना गर्ने घोषणा गरेको छ । सरकारले बजेटमार्फत सहुलियतपूर्ण कर्जालाई पुनर्संरचना गर्ने घोषणा गरेको हो ।
बजेटमा सहुलियतपूर्ण कर्जाको बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । सरकारले ब्याज, कर्जा सुरक्षण र बीमा शुल्कको लागि झण्डै १४ अर्ब अर्थात १३ अर्ब ९६ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।