काठमाडौं । कालिका लघु्वित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सावजर्निक गरेको छ। संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
संस्थाले गत बर्षको सोहि अवधिमा २ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा ७९ प्रतिशतले घटेको हो ।त्यस्तै, संस्थाको संचालन नाफा घटेको छ। संस्थाको संचालन नाफा १ करोड४० लाख रुपैयाँबाट घटेर ६३ लाख ५८ हजार रुपैयाँमा पुगेको छ। खुद ब्याज आम्दानी भने बढेको छ।
संस्थाको खुद ब्याज आम्दानी ९ करोड ४९ लाख रुपैयाँबाट बढेर ११ करोड ५ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा १ प्रतिशतले बढेर ३ प्रतिशत पुगेको छ। खराब कर्जा बढेको कारण संस्थाको नाफा घटेको हो ।
संस्थाको प्रतिशेयर आम्दनी १० रुपैयाँ २ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँँ ६२ पैसा रहेको छ।