IME Life
GBIME

बैंक, बीमा कम्पनीबाट हटाइएका सबै कर्मचारी तत्काल पुनर्बहाली गर्न माग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियान) ले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबाट लकडाउनको अवधीमा निकालिएका सबै कर्मचारीहरु तत्काल पुनर्बहाली गर्न माग गरेको छ । सो संघले बिज्ञप्तिमार्फत बैंक, वित्तीय संस्था, बीमा कम्पनीमा लकडाउनको अवधीमा हटाइएका सबै अस्थायी, ज्यालादारी कर्मचारीहरुलाई पुनबहाली गर्न माग गरेको हो ।

संघका अध्यक्ष पदमराज रेग्मीले खर्च घटाउने नाममा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुबाट कर्मचारीहरुलाई निकाल्ने बदनियत देखिएकोले तत्काल रोक्न माग गरे । साथै उनले त्यस्तो कार्य नरोकिए आन्दोलनमा जान बाध्य हुने समेत बताएका छन् । संघले सरकारले अत्यावश्यक सेवा भनेर तोकेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको अनिवार्य रुपमा पिसिआर परिक्षण गर्न सरकारसँग माग गरेको छ ।

Crest

फियानद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘केही जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कोभिड–१९ द्वारा सृजित यस विषम परिस्थितिमा कर्मचारीहरुलाई सुरक्षित गराई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सृजना गराउनुको सट्टा जागिरबाट हटाई कर्मचारीहरुको रोजी–रोटी खोसेकोले बीमा समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुनर्वहाली गर्न सम्बन्धित बीमा कम्पनीहरुलाई अनुरोध गर्दछौँ, साथै, बीमा समितिबाट समेत जागिरबाट बिमुख गराइएका कर्मचारीहरुको पुनर्वहाली गर्ने सम्बन्धमा तत्काल आवश्यक निर्देशन जारी गरियोेस् ।’

फियानले बैंकहरुमा भटाभट कर्मचारी हटाउने कार्य भइरहेको भन्दै तत्काल त्यस्तो कार्य रोक्न र हटाइएका सबै कर्मचारीहरुलाई बिना शर्त पुनर्बहाली गर्न माग गरेको छ । फियानले बैंक तथा वित्तीय संस्थाहरुले मानवीय संकटमा कर्मचारीहरुको रोजीरोजी खोस्ने कार्य रोक्न नेपाल राष्ट्र बैंकबाट पहल गर्न आग्रह गरेको छ । फियानले बिज्ञप्तिमा भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुमा पनि यस महामारीको समयमा कर्मचारीहरुलाई सेवाबाट विमुख गर्ने कार्य भइरहेको हुँदा जागिरबाट हटाइएका कर्मचारीहरुलाई पुनर्वहाली गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउँदछौँ । साथै, नेपाल राष्ट्र बैंकबाट पनि यस विषम परिस्थितिमा जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुर्नवहाली गर्न तथा अब उप्रान्त कर्मचारी हटाउने निर्णय नगर्न आवश्यक निर्देशन दिइयोस् ।’

त्यसैगरी, फियानले लघुवित्तका कर्मचारीहरुलाई बीमा लगायतको सुविधा दिएर मात्रै काममा खटाउन भनेको छ । ‘देशका अधिकांश लघुवित्त वित्तीय संस्था लगायत ग्रामीण बिकास लघुवित्त वित्तीय संस्थामा फिल्डमा गई ग्राहकहरुसंग प्रत्यक्ष सम्पर्कमा रही कार्य गर्नुपर्ने र सम्बन्धित लघुवित्त संस्थाहरुबाट आवश्यक स्वास्थ्य सामाग्रीहरुको यथोचित व्यवस्था तथा बीमा सुरक्षा व्यवस्था र अन्य स्वास्थ्य सुरक्षाको प्रबन्ध सम्बन्धित संस्थाबाट अविलम्व व्यवस्था गरियोस् । सो सम्वन्धमा नियामक निकायबाट समेत आवश्यक निर्देशन प्रदान गरियोस् ।’ बिज्ञप्तिमा भनिएको छ ।

संघले नेपाल धितोपत्र बोर्ड अन्तर्गतका कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको जागिर रक्षाको लागि बोर्डले पहल गर्न माग गरेको छ । संघले महामारीमा जनताको दैनिकीसँग जोडिएर काम गर्ने कर्मचारीहरुलाई मनोबल उच्च राख्ने माग गर्दै संघले भनेको छ, ‘बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु कोभिड–१९ को उच्च जोखिमका बाबजुत आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा कर्मचारीहरुको मनोबल गिराउने कार्यहरु (जस्तैः सेवासुविधा कटौती, बिदा कटौती आदि कार्यहरु) सम्बन्धित संस्थाको व्यवस्थापनबाट गर्न बन्द गरियोस् ।’ साथै संघले बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा निकट भविष्यमा पर्नसक्ने गम्भीर प्रभावहरुलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका प्याकेज ल्याउन समेत माग गरेको छ ।

 

उता, बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले भने सबै कम्पनीलाई अस्थायी, करारका कुनै पनि कर्मचारी नहटाउन भन्दै आएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले यस्तो विषम परिस्थितिमा कर्मचारी कटौती कुनै पनि मानेमा स्वीकार्य नहुने बताउँदै आएका छन् ।

बीमा कम्पनीहरुले भने करारका कर्मचारीहरु, जसको सम्झौता नविरकण गर्ने म्याद सकिएका छ र कार्य सम्पादन मूल्याङ्कन न्यून छ भने नियमित कामको आधारमा सम्झौता नगरिएको र त्यस्तो कार्य बीमा कम्पनीको नियमित प्रशासनिक कार्य भएको बताउँदै आएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS