काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको जनरल इन्स्योरेन्स कम्पनीको दोस्रो बार्षिक साधारणसभा आगामी जेठ २३ गते हुने भएको छ । कम्पनीले स्थगित भएको दोस्रो बार्षिक साधारणसभा आगामी जेठ २३ गतेका लागि आह्वान गर्दै आज सुचना जारी गरेकोछ ।
कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २३ गतेका लागि दोस्रो बार्षिक साधारणसभाको मिति तोकेको हो । कम्पनीले यसअघि गत चैत्र १४ गतेको लागि दोस्रो बार्षिक साधारणसभा तोकेका थियो । चैत्र ११ गतेदेखि सिंगो देश लकडाउनमा गएपछि साधारणसभा स्थगित गरिएको थियो । साधारणसभामा कम्पनीले बार्षिक प्रतिवेदनहरु पास गर्ने लगायतका सामान्य प्रस्तावहरु लैजाने जनाएको छ ।