काठमाडौं । मकवानपुर सुनचाँदी व्यवसायी संघले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। संघले १ सय १३ जना सदस्यहरुको कोरोना बीमा शिखर इन्स्योरेन्स मार्फत गराएको हो । संघले प्रत्येक सदस्यहरुको प्रतिव्यक्ति १ लाखको दरले बीमा गराएको जनाएको छ । एक सय १३ जना सदस्यहरुको १ करोड १३ लाख रुपैयाँको बीमा संघले गरेको छ ।
संघका अध्यक्ष केशव रसालीले कोरोनाको समयमा आर्थिक समस्यामा बीमा कम्पनी मार्फत उपल्ब्ध हुने रकम थोरै भएपनि राहत हुने उधेश्यले संघमा आवद्ध सबैजनाको कोरोना बीमा गरेको बताए । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।