Connect IPS
IME Life

रिचार्जर र एनआईसी एशिया बैंक बिच छुट सम्झौता, कोरोना सुरक्षा सामान खरिदमा १० प्रतिशत छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंकका बिचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।

ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बिचमा भएको सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् । रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा के एन ९५ मास्क उपलब्ध गराउँदै आई रहेको छ । निशुल्क होम डलिभरी सहित १७५ रुपैंयामा के एन ९५ मास्क उपलब्ध गराउँदै आएको रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइएको जनाएको छ ।

Prabhu
Crest

रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ । मुलुकभर थोक मात्रामा पनि यी सामानहरु सस्तोमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । थोक मात्रामा मास्क, स्यानिटाइजर, थर्मल गन लगायतका सामान आवश्यक परेमा रिचार्जरमा सम्पर्क गर्न सकिने छ ।

रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिनेछ । ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एशिया बैंकको योजना पनि थपिए पछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए । ‘एनआईसी एशिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा खरिद गर्न सकिन्छ’ उनले भने ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरेर खाता सञ्चालन गरे पछि १०० क्यास प्वान्ट उपलब्ध हुने छ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि १७५ रुपैंयामा मास्क खरिद गर्न सक्ने उनले बताए ।
‘यो मास्कको बजार मूल्य ३५० देखि ५५० रुपैंयासम्म सम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’ ग्लाइडरले भने ।
टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूलयमा बिक्री बितरण भैरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS