Connect IPS
IME Life

बीरगन्जमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि, मलामी र किरिया बसेकाहरु आईशोलेशनमा लगियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीरगन्जमा एक व्यक्तिको मृत्यु भई दाहसंस्कार पश्चात कोरोना पुष्टि भएको छ । सरकारले समयमा जाँच नगर्दा मृतकको शव आफन्तले दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि भएको हो । कूल मृतकको संख्या चार पुगेको छ । यससँगै मृतकका मलामी, स्वास्थ्य परिक्षण गर्ने चिकित्सक तथा किरिया बसेकाहरुलाई आईशोलेशनमा राखिएको छ ।

गत जेठ ४ गते मृत्यु भएका बीरगन्जका एक व्यक्तिमा आज कोरोना पुष्टि भएको हो । बीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराउन पुगेका ७० बर्षिय व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत जेठ २ गते नेशनल मेडिकल कलेजमा दमको समस्यापछि भेन्टिलेटरमा भर्ना गरिएको थियो । उनको जेठ ४ गते मृत्यु भएको थियो । बीरगन्जमा परिक्षण गर्दा संकास्पद देखिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामामा परिक्षण गर्दा पोजेटिभ आएको हो ।

Prabhu
Crest

यद्यपि अस्पतालले लामो समयसम्म शव राख्न नसक्ने भन्दै मृतकका आफन्तलाई दुई दिन पहिले नै शव दिएको थियो । आफन्तले ति बृद्धाको अन्तिम संस्कार गरेर किरिया बस्न सुरु गरिसकेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले मलामी र किरिया बसेकालाई आइसोलेशनमा राख्ने र अस्पताल सिल गरेर सबैको परिक्षण गरिने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS