Connect IPS
IME Life

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्यो कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् ।

Prabhu
Crest

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ । साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ ।

आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कुरा कम्पनीको भनाई रहेको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS