काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफनो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। कम्पनीले उक्त बीमा योजना जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ। कम्पनीले प्रति कर्मचारीको १ लाख रुपैयाँ सम्म सुरक्षण हुने बीमा गराएको हो ।
कम्पनीले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखार उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरि सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको छ ।