Connect IPS
IME Life

स्यानिटाईजपछि सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक जना कर्मचारीमा कोरोना भाइरस देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्स कम्पनीको कमलादी शाखा आजबाट खुलेको छ । सो शाखाका प्रमुख कमल दवाडीले दुई पटक गरुड सेक्युरिटीले स्यानिटाईज गरेपछि आजदेखि कार्यालय सञ्चालन गरिएको जानकारी दिए । सो कम्पनीको शाखा कार्यालय शुक्रबार र शनिबार दुई दिन लगाएर पार्किङदेखि भर्याङ देखि कार्यालयसमेत सफा गरिएको छ ।

उक्त शाखा कार्यालयमा कार्यरत एक जना कर्मचारी राजधानी बाहिर गएर आउने क्रममा कोरोना भाइरस पुष्टि भएपछि कमलादीको काठमाडौं प्लाजामा रहेको शाखा कार्यालय सिल गरिएको थियो । सिद्धार्थ इन्स्योरेन्सको सो शाखा कार्यालयमा कार्यरत एक दर्जन कर्मचारीको पिसिआर परिक्षण गराउँदा नेगेटिभ आएको छ ।

Prabhu
Crest

संक्रमित कर्मचारीको अवस्था पनि सामान्य रहेको छ । संक्रमित ति व्यक्तिमा कुनै पनि संकेतहरु देखिएको छैन । साथै उनका घरपरिवारका सदस्यहरुलाई समेत कोरोना पोजेटिभ नदेखिएका कारण उनी बसिरहेको क्षेत्र तथा कार्यस्थलमा कसैलाई पनि सरेको नदेखिएपछि सबै सुरक्षित रहेको पाइएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS