काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमासको अवधिसम्ममा संस्थाको नाफा ६८ प्रतिशतले घटेर ५ करोड १२ लाखमा सिमित भएको छ। गत बर्षको सोहि अवधिमा संस्थाले १६ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।
चैत मसान्तसम्म्मा कम्पनीले ३ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिएर १० अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समिक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १८ करोड ३५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५६ करोड ८२ लाख रुपैयाँ संचित रहेको छ।
संस्थाको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा र प्रतिशेयर आम्दानी अनुपात ५८ रुपैयाँ ०५पैसा रहेको छ ।