काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको ६० करोडको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने भएको हो ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो। ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ। आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।