काठमाडौं । कुमारी बैंकको चन्द्रगढी शाखाले झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपालको नेतृत्वमा रहेका विविन्न संस्थालाई एक हजार किलो खाद्य हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले देशब्यापी लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई बैंकले सहयोग गरेको जनाइएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशको विभिन्न स्थानहरुमा सहयोग गर्दै आइरहेको छ ।
चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापन लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।