काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा आइपुग्दा २ अर्ब २३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ८७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको हो ।
बीमाङ्कीय मूल्याङ्कन अघि नै कम्पनीले १८ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा १२ प्रतिशतले बढी हो ।समिक्षा अवधिमा कम्पनीले १ हजार ९ सय ३६ वटा बीमा दाबी भुक्तानी गरेको छ भने ४३ बीमा दाबी वापतको १ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ।
चैत मसान्तसम्ममा कम्पनीले ३ लाख ३४ हजार बीमालेख जारी गरेर २ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रो त्रैमासको अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषको आकार ३१ प्रतिशतले बढेर १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा रहेको भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ०६ पैसा रहेको छ ।