काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (नेपाल)ले संघीय सरकारले स्थापना गरेको कोरोना कोषका लागि १ करोड १६ लाख हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे ।
बैंकको सहयोगले नेपालमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा योगदान पुग्ने सीईओ दास्तिदारले बताए । आगामी दिनमा पनि बैंकले सहयोग गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
बैंकले हस्तान्तरण गरेको उक्त रकम बराबरको चेक ग्रहण गर्दै मन्त्री भट्टले कठीन परिस्थितिलाई दृष्टिगत गरी बैंकले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।