काठमाडौं । आज विहान थप १७ जना नेपालीमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिवार झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । थप भएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको कूल संख्या ४ सय ४४ पुगेको छ ।
आज पुष्टि भएका कोरोना संक्रमित समेत स्थानीय तहमा फैलिएको संक्रमण देखिएको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।
धनकुटाका ३४ वर्षीय पुरुष र धरान उपमहानगरपालिकी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।