IME Life

विदेशमा अलपत्र सबै नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कोरोनाको कारण नेपाल बाहिर अलपत्र परेका ठूलो संख्याका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ । वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महामारीका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने सम्बन्धमा आज बसेको उच्च स्तरीय कोरोना नियन्त्रण सम्बन्धी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

खाडीमुलुक लगायतका देशमा अलपत्र परेका सबैलाई उद्धार गरेर ल्याइनेछ । त्यसअघि उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाएर सोही कार्यविधिका आधारमा प्राथमिकता क्षेत्र निर्धारण गरी उद्धार कार्य सुरु हुनेछ । मंगलबार बिहान बसेको उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनका विधिका बारेमा छलफल पश्चात यस्तो निर्णय भएको हो ।
सरकारले विदेशबाट फर्किनेहरुको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन् ।

Prabhu
Crest

आज बैठकले विदेशमा रहेका नेपाली फर्काएपछि व्यवस्थापन गर्न प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमति प्रदेशमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा उद्योगमन्त्री लेखराज भट्ट संयोजक तोकिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS