काठमाडौं । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनाको क्याम्प बसेको कालापानीदेखि लिम्पियाधुराको नेपाली भूभाग फिर्ता लिएर छोड्ने संकल्प गरेका छन् । उनले संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुराको नेपाली भूमि फिर्ता लिएरै छोड्ने अठोटका साथ सरकारले हिजो नयाँ नक्सा पारित गरेको बताए ।
प्रम ओलीले सम्भवतः आजै संसदमा संविधानको अनुसूचि संशोधन गरी नयाँ नक्सा संविधानको अभिन्न अंग बनाउने जनाएका छन् । प्रधानमन्त्रीले संसदबाटै लिम्पियाधुरा र कालापानीको भूभाग फिर्ता ल्याउने प्रतिबद्धतासँगै अब भारतीय सेना रहेको विवादित भूभागमा नेपालको दावी अघि बढेको छ ।