काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको जवाफ दिन संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको आतंकले विश्व हल्लाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले चीनमा केही नियन्त्रण भएको भएपनि अमेरिका, रसिया, युरोप र भारतमा अवस्था भयावह बन्दै गएको जनाएका छन् । कोरोना भाइरसले विश्व हल्लाएको सन्दर्भमा नेपाल समेत अछुतो रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालमा रोक्न प्रयास गर्दा गर्दै जनताको चेतनास्तर न्यून रहेकोले लकडाउन पालना नगर्दा र जनप्रतिनिधिहरुले आफ्नो नागरिक ल्याउने गरेकोले समस्या आएको बताए ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धमा सरकारका सबै प्रयत्नहरु केन्द्रीत गरेर लागि परेको बताएका छन् । प्रम ओलीले कोरोना भाइरसलाई परास्त गर्न सिंगो देश एकजुट हुनुपर्ने बताएका छन् । साथै प्रम ओलीले कोरोनाको महामारीको समयमा पनि करकारको आलोचना गर्ने कार्य भएकोमा कटाक्ष गरेका छन् ।