Connect IPS
IME Life

यस्तो देखियो महुली लघुवित्तको तेस्रो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक र्वाको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाले को नाफा ३६।५९ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ८२ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ८७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा १८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर २ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

Prabhu
Crest

चैतसम्म ११ करोड ४१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको लघुवित्तले कर्जा नोक्सानी, कर्मचारी र अन्य सञ्चालन लगायतका विभिन्न खर्च पश्चात ३ करोड ७ लाख सञ्चालन नाफा कमाएको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८३ पैसा ,प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ४५.१३ गुणा बढी छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS