Connect IPS
IME Life

साधना लघुवित्तको नाफा १ करोड ९० लाख, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी गत असार ३० गतेबाट एकीकृत कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्साहजनक प्रगति हासिल गरेको छ ।

लघुवित्तले चालु आ.वको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा ६७।२३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा १ करोड १४ लाख १६ हजार रहेको थियो ।

Prabhu
Crest

१४ करोड ७० लाख चुक्ता पूँजी  रहेको संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा लघुवित्तले ४३ करोड १६ लाख निक्षेप संकलन तथा १ अर्ब १७ करोड २४ लाख सापटी लिएर १ अर्ब ७० करोड ५२ लाख कर्जा प्रवाह गरेको छ । जसबाट ७ करोड ५० लाख खुद ब्याज आम्दानी भएको छ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन २४ करोड ३ लाख, सापटी ५९ करोड ४३ लाख, कर्जा लगानी ८५ करोड ५४ लाख र खुद ब्याज आम्दानी एक करोड ७९ लाख ७१ हजार रुपैयाँले बढेको हो।

यस अवधिसम्ममा लघुवित्तको कर्मचारी खर्च २ करोड ११ लाखबाट ४ करोड ९२ लाखमा र सञ्चालन दर्च ९६ लाखबाट २ करोड २१ लाखमा बढोत्तरी भएको छ। एकीकृत कारोबार पश्चात सञ्चालन खर्च र कर्मचारी खर्चमा बढोत्तरी भएको हो।

चैत मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा अनुपात ०।०२ प्रतिशतबाट बढेर १।६७ प्रतिशतमा पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS