काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको छ ।
आईतबार बसेको समन्वय समितिको बैठकले लकडाउन अवधि बढाउन मन्त्रिपरिषद्लाई सिफरिस गर्ने निर्णय गरेको हो । लकडाउनको अवधि कति लम्ब्याउने सिफरिस गरेपनि कति दिन बढाउने भन्ने बारेमा अझै टुंगो भएको छैन । यसै बिषयमा निर्णय गर्न प्रधान्मन्त्री निवास वालुवाटरमा मन्त्रिपरिषद्को बैठक बसिरेहेको छ ।
सरकारले यसअघि जेठ ५ गते सम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमण फैलिदै गएको र कोरोनाको कारणबाट दुई संक्रमितको मृत्यु भएको कारण सरकारले लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।