एजेन्सी : कोरोना भाइरसको कारण भारतमा करिव दुई महिनादेखि लकडाउन भइरहेको छ, तर यो संकटको समयलाई पनि धेरै मानिषहरूले कमाउने अवसरहरूका रुपमा लिएका छन् । लकडाउनको समय धेरै मानिसहरू शेयर बजारमा “ट्रेडिंग” वा लगानी गरेर शेयर बजारबाट आम्दानी गर्न प्रयास गर्दैछन् । दुई महिनामा भारतमा १२ लाख नयाँ डिम्याट खाताहरू खोलिएका छन् । लकडाउनमा पनि यति धेरै डिम्याट खाता खुल्नुले माथिको कुरालाई प्रमाणित गर्छ।
अहिले व्यापार व्यवसाय बन्द भएको कारणले गर्दा धेरै भारतीयहरु यो फुर्सदको समयमा शेयर बजारमा आवद्ध भएका छन् ।