काठमाडौं । पोग्रेसिभ फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा घटेको छ । गत बर्ष २ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको फाइनान्सले यस त्रैमासको अवधिमा २० लाख १ हजार रुपैयाँमा नाफा सिमित भएको छ ।
त्यस्तै, फाइनान्सले चैत मसान्तसम्ममा संचालन नाफा २० लाख ८ हजार रुपैयाँ रहेकोे छ। गत बर्षको सोहि अवधिमा फाइनान्सको संचालन नाफा ३ करोड ४६ लाख रुपैयाँ रहेको थियो । फाइनान्सको संचालन नोक्सान भएको कारण खुद नोक्सानमा घटेको हो ।
फाइनान्सको खुद ब्याज आम्दानी ८३ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। फाइनान्सले यस त्रैमासमा खराब कर्जा घटाउन सफल भएको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ४४ पैसा रहेको छ ।