काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढाएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ५ प्रतिशतले बढाएर १ करोड १७ लाख रुपैयाँ पुराएको छ।
संस्थाले गत बर्षको सोहि अवधिमा १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा १ करोड ८६ लाख रुपैयाँ रहेकोे छ। संस्थाको खुद ब्याज आम्दानी ४ प्रतिशतले बढेर ३० लाख ८४ हजार रुपैयाँ पुगेको छ।
संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा रहेको छ ।