काठमाडौं । कोरोनाको आशंकामा बाँकेस्थित नरैनापुर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका एक व्यक्तिको आइतबार विहान मृत्यु भएको छ । कोरोना पुष्टिका लागि नमुना परिक्षण भइरहेको बाँके जिल्लाको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिएका छन् ।
पाँचदिन अघि भारतबाट फर्केका भोज भगवानपुरका २५ बर्षिय युवकलाई कोरोनाको आशंकामा गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो । हिजोदेखि एक्कासी ज्वरो तथा ब्लड प्रेसर बढिरहेकोमा आज विहान मृत्यु भएको अध्यक्ष शाहले बताएका छन् ।
सो स्थानबाट ति युवासहित २६३ जनाको परीक्षणका लागि स्वाब संकलन भएको भएको र रिपोर्ट आउने क्रममा रहेको अध्यक्ष शाहले बताएका छन् । शनिबार सिन्धुपाल्चोककी एक महिनामा कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।