Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको नाफा सामान्य बढ्दा,अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्ममा ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ३८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा १ अर्ब ६६ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङमा ५ पनि करोड १० लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

यस अवधिसम्ममा बैंकले ५६ करोड ३८ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको संचालन मुनाफा ५५ करोड १८ लाख रुपैयाँ मात्र थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको संचालन मुनाफा २ प्रतिशतले बढी हो

यस अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब १९ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ५७ प्रतिशतले बढी हो । गत वर्ष १ अर्ब २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको गेको थियो ।

यस्तै, यसको वितरणयोग्य नाफा ४ करोड ९६ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म महालक्ष्मीले ३५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २९ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS