Connect IPS
IME Life

सूर्या लाइफको जीवन बीमा कोष ४२% ले बढ्दा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षकाोसो अवधिको तुलनामा कम्पनीको नाफा ३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७१ लाख रुपैयाँ ना कमाएको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४२ प्रतिशतले बढी हो यस अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ६४ करोड ३ लाख ८४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ६४ करोड ७६ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

चैत मसान्तसम्म आइपुग्दा कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले १ अर्ब ७७ करोड २ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसले १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो ।

यस अवधिसम्म कम्पनीले २९ करोड १९ लाख १ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ४ करोड ४८ लाख २४ हजार रुपैयाँ छ । त्यसैगरी प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ ।

जीवन बीमा कम्पनीको हकमा भने एक्चुरीयल मुल्यांकन पछि मात्र नाफा वास्तविक आउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS