Connect IPS
IME Life

बाह्रबिसेकी सुत्केरीको कोरोनाकै कारण मृत्यु भएको पुष्टि, तत्कालै पशुपतिमा दाहसंस्कार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शनिबार अबेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की २९ बर्षिय सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या भई काभ्रेको धुलिखेल अस्पताल पुर्याउने क्रममा मृत्यु भएकी महिलाको नमुना परिक्षणको क्रममा कोरोना देखिएको थियो । आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएको टोलीले कोरोनाबाट मृत्यु भएको हो वा होईन भनि अध्ययन पश्चात नेपालमा पहिलो पटक कोरोनाबाट संक्रमितको मृत्यु भएको औपचारिक घोषणा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आज साँझ जारी बिज्ञप्तिमा ति महिला बैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएको बैशाख २४ गते सामान्य अवस्थामा डेलिभरी भएकी र २५ गते बाह्रबिसेस्थित घरमा फर्केकी महिलाको मृत्यु भएको पुष्टि गरेको हो । साथै मन्त्रालयले कोरोना संक्रमितको कूल संख्या २८१ पुगेको जनाएको छ । शनिबार थप चार जनाको पुष्टिसँगै कूल १३ जना संक्रमित भेटिएका छन् । थप संक्रमित काभ्रे, धुनषा लगायतका छन् ।

Prabhu
Crest

यसैबीच, कोरोना संक्रमित महिलाको अन्तिम संस्कार गरिएको छ । आफन्त तथा परिवारका सदस्यहरुलाई छुन नदिई पिपिई लगाएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको निगरानीमा आजै साँझ पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्तिम संस्कार गरिएको हो । कोरोना संक्रमित व्यक्तिको शव आफन्तले पाउने छैनन्, मृत्युको औपचारिक जानकारी मात्रै पाउने छन् । सोही व्यवस्था अनुसार थप संक्रमण फैलिन सक्ने भएकाले तत्कालै पशुपति आर्यघाटमा ल्याएर जलाइएको हो ।

उता, कोरोना भाइरसबाट एक जनाको मृत्यु भएपछि काठमाडौंमा उच्च सतर्कता अपनाइएको छ । अनावश्यक हिडडुल बन्द गरिएको छ भने कतिपय भिडभाड हुने तरकारी बजार समेत बन्द गरेर हाई एलर्टमा राखिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS