काठमाडौं । विश्व बैंकले भारतलाई सामाजिक सुरक्षा प्याकेजको रूपमा एक अर्ब डलर रुपैयाँको प्याकेज घोषणा गरेको छ । गरिब र महामारीले संवेदनशील परिवारहरूका लागि भारत सरकारको निरन्तर प्रयासलाई ध्यानमा राख्दै विश्व बैंकले यो सहयोग गरेको जनाइएको छ ।
उक्त प्याकेज सहरी गरिबहरूका लागि सामाजिक सुरक्षालाई सन्तुलनमा राख्न महत्वपूर्ण हुने विश्व बैंकले विश्वास लिएको छ ।