काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा सेवा देशका ५५१ वटा स्थानीय तहका २७ लाख जनाको पहुँचमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै स्वास्थ्य बीमा आगामी वर्ष अझै प्रभावकारी रुपमा स्वास्थ्य बीमा अघि बढाउने जनाएकी छिन् ।
राष्ट्रपति भण्डारीले हालसम्म २७ लाख जनताको स्वास्थ्य बीमा गरिएको बताउँदै तीन वर्षमा देशैभरिका जनतालाई स्वास्थ्य बीमा दायरामा ल्याइने सरकारी योजना सार्वजनिक गरेकी छिन् ।